बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको छ : प्रचण्ड

हिमाल प्रेस २१ फागुन २०८० १६:०८
18
SHARES
बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको छ : प्रचण्ड

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताएका छन्। सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको बताउँदै उनले सहिदको सपना पूरा गर्नका लागि पनि एक ठाँउमा आउनैपर्ने बताए।

सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तर्क्रियामा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुन जरुरी रहेको बताए।

सहिदको सपना पूरा गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको उनको भनाइ थियो।

सहिद प्रतिष्ठान नेपालका अध्यक्ष धर्मशिला चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य जनक शाह र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलालगायतले सहिदको सपना पूरा गर्नुपर्ने बताए।

फागुन १४ देखि २१ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाइँदै आइएको छ। झापा विद्रोहदेखि जनयुद्धसम्मलाई जोडेर माओवादीले सहिद सप्ताह मनाउने गरेको हो।

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रचण्ड


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =