म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रचण्ड

हिमाल प्रेस २१ फागुन २०८० १५:०८
8
SHARES
म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बाँचुन्चेलसम्म देशमा उथलपुथल भइरहने बताएका छन्। सहिद प्रतिष्ठान नेपालले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ।’

उनले आफूलाई घेरा हालेर सिध्याउन धेरैपटक प्रयास भइरहे पनि त्यसलाई तोड्दै आएको बताए। उनले गठबन्धन परिवर्तन हुनुलाई धेरै ठूलो विषयका रूपमा प्रस्तुत गरे।  उनले भने, ‘आजको दिन हरेक किसिमले क्रमभंगको दिन बन्न गएको छ।’  आफूलाई प्रतिक्रियावादीले उपयोग गर्न खोजेमा कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्ने बताए।

उनले समाजवादी मोर्चा मात्रै होइन बृहत्तर कम्युनिस्ट एकताको पहल गर्ने बताए। उनले माओवादीहरू नेपाल राष्ट्र र नेपाली जनताको मात्रै घोडा रहेको बताए। प्रचण्डले भने, ‘हामी कसैको घोडा हाइनौँ।’ उनले सबै क्रान्तिकारी एकजुट आवश्यक रहेको पनि बताए। उनले भने, ‘सबै एकजुट हुनुको विकल्प छैन।’

प्रकाशित: २१ फागुन २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =