‘महाजात्रा’ को निर्माण युनिट पोखरामा

हिमाल प्रेस २१ फागुन २०८० १५:०२
28
SHARES
‘महाजात्रा’ को निर्माण युनिट पोखरामा

पोखरा-  ‘महाजात्रा’ काे निर्माण युनिट फिल्म प्रचारका लागि पाेखरा पुगेकाे छ। ‘जात्रा’ र ‘जात्रैजात्रा’ को यो सिक्वेल आगामी चैत ९ गतेदेखि रिलिज हुँदैछ।

चलचित्र पत्रकार संघ कास्कीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मको उद्देश्य मनोरञ्जन दिने भएकाे भन्दै ‘महाजात्रा’ हेरेर हलबाट फर्किंदा दर्शकले मनोरञ्जनसँगै गहिरो सन्देश लिने बताए।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ‘महाजात्रा’मा आफूले इन्ट्री पाएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘षट्कोणभित्र मलाई पनि छिराउनु भयो। राम्रो अवसर पाएँ। प्रमुख भूमिकामध्ये एउटा भूमिकाको जिम्मा लगाउनुभएको छ।’ उनले यो वर्षको राम्रो चलचित्रमा ‘महाजात्रा’ पर्ने दाबी गरे।

अभिनेत्री वर्षा राउतले फिल्म राम्रो बनेको बताइन्। कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले अघिल्लो फिल्म ‘जात्रैजात्रा’ को क्लाइमेक्स पोखराकै फेवातालमा खिचिएको स्मरण गर्दै यो फिल्मलाई पनि दर्शकले रुचाउनेमा आशावादी भएकाे बताए।

चैत ७ वा ८ गते पोखरामै ‘महाजात्रा’को प्रिमियर तयारी भएको उनले जानकारी दिए। उनले फिल्म निर्माणमा ३ करोड ३८ लाख खर्च भइसकेको बताए। निर्मातामध्येका एक म्याक्स दीपेश खत्रीले दर्शकले फिल्म रुचाउनेमा आशावादी रहेको बताए।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, राजाराम पौडेलसहित विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्यदेवलगायतको अभिनय छ। षट्कोण आर्टस्को यो फिल्ममा निर्माता म्याक्स दीपेश खत्रीसहित यज्ञश्वर पौडेल पनि हुन्।

प्रकाशित: २१ फागुन २०८० १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =