चेम्बर एक्सपो २४ गतेदेखि

हिमाल प्रेस २० फागुन २०८० १६:३९
14
SHARES
चेम्बर एक्सपो २४ गतेदेखि

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सको आयोजनामा फागुन २४ गतेदेखि काठमाडौँमा चेम्बर एक्सपो २०२४ आयोजना हुने भएको छ। चेम्बरले आइतबार पत्रकार सम्मेलन गर्दै सातौँ चरणको चेम्बर एक्सपो फागुन २४ देखि २८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने जनाएको हो।

स्थानीय उत्पादन प्रवर्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। एक्सपोले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न सहयोग पुग्ने उनले बताए।

प्रदर्शनीमा हस्तकलाका वस्तु, घरजग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारीसाधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री रहने र स्थानीय उत्पादनका केहि स्टललाई निःशुल्क गरिएको अध्यक्ष मल्लले बताए।

एक्सपोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

प्रकाशित: २० फागुन २०८० १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =