कोहलपुरमा घोङी खाने प्रतियोगिता

हिमाल प्रेस २० फागुन २०८० ९:५५
12
SHARES
कोहलपुरमा घोङी खाने प्रतियोगिता

नेपालगन्‍ज- आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ ।

नेपाल युवा परिषद् लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो ।

घरबास (होमस्टे) संघका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए । उनले प्रतियोगितामा चार मिनेटमा एक किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताए। दुई सय पाँचजना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने बताइएको छ ।

‘हामीले घोङी कसरी खाएको भन्ने विषयमा मूल्यांकन गर्न टिम बनाएका छौँ,’ उनले भने ।

महासचिव चौधरीले होमस्टे पनि युवाहरूका लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोड्न खोजिएको बताए । होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको जनाउँदै उहाँले युवाहरूले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गरे ।

आइतबारदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रदर्शनी, रैथाने खाद्यान्न बीउको प्रदर्शनी, जीन बैंक अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ ।

नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोड्न खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिब रु आठ लाख ५० हजार खर्च हुने बताए । रासस

प्रकाशित: २० फागुन २०८० ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =