शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

हिमाल प्रेस १९ फागुन २०८० १५:५३
2.7k
SHARES
शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान प्रतिनिधिमूलक तस्बिर

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी बनाउन टेलिभिजन जडान गरिएको छ। बालविकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले टेलिभिजन जडान गरिएको हो ।

केन्द्रमा अध्ययनरत बालबालिकालाई लक्षित गरी टेलिभिजनका माध्यमबाट सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले छ विद्यालयमा टेलिभिजना जडान गरिएको गाउँपालिकाले जनाएको छ।

मैवाखोला–१ वडा कार्यालयको योजनाअन्तर्गत बालविकास केन्द्र सञ्चालित वडाभित्रका छ विद्यालयमा ३२ इन्चको एक/एकवटा टेलिभिजन जडान गरिएको वडाध्यक्ष चन्द्र तामाङले बताए।

बालविकास कक्षा सञ्चालनमा रहेका जनकल्याण माविका सातै सरस्वती, पाटी, मदनभण्डारी, सिंह र साक्फारा आधारभूत विद्यालयमा टेलिभिजन जडान गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।

टेलिभिजनका माध्यमबाट बालबालिकाको कक्षामा प्रस्तुति वा प्रदर्शन हुने सिकाइसम्बन्धी श्रव्यदृश्य सामग्री राखिएको ‘पेन्ड्राइभ’ समेत उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ।

यसले बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउनाका साथै बालबालिकालाई विद्यालय जान प्रेरित गर्न सहयोग पुग्ने शिक्षा शाखाले जनाएको छ।

प्रकाशित: १९ फागुन २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =