सहरमा आज

मण्डलामा ‘अन्धवेग’, हलमा ‘अगस्त्य’

सुस्मिता बजगाईं १९ फागुन २०८० ७:०३
164
SHARES
मण्डलामा ‘अन्धवेग’, हलमा ‘अगस्त्य’

काठमाडौँ- प्रत्येक साताझैँ यो साता उपत्यकामा नाटक मञ्चन, पुस्तक विमोचनलगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रम भइरहेको छ।

हलमा नयाँ नेपाली फिल्म ‘अगस्त्य’ प्रदर्शनरत छ। नाटकघरमा साहित्यकार बालकृष्णको चर्चित नाटक ‘अन्धवेग’ र गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’आधारित नाटक ‘झोडा’मञ्चन भइरहेको छ। अन्य केकस्ता मनोरञ्जनात्मक गतिविधि भइरहेका छन् त?

विमोचित कृति

प्रवीण खतिवडाको कथासङ्ग्रह ‘अकथ्य’

आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा रंगकर्मी प्रवीण खतिवडाको कथासङ्ग्रह ‘अकथ्य’ लोकार्पण हुँदैछ। दिउँसो साढे १ बजे कार्यक्रममा वक्ताका रुपमा राजनीतिक विश्लेषक सिके लाल उपस्थित हुनेछन्।

नाटकघरमा दुई नाटक

मण्डलामा ‘अन्धवेग’

थापागाउँस्थित मण्डला थिएटरमा नाटककार बालकृष्ण समको चर्चित नाटक ‘अन्धवेग’ मञ्चन भइरहेको छ। सन १९९६ मा प्रकाशित दुःखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ। पारिवारिक कथामा आधारित नाटकमा क्षणिक आवेगले निम्त्याएको दुष परिणामलाई देखाइएको छ।

रंगकर्मी प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा तयार वियोगान्त नाटकमा कलाकार अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, संगीता थापा, बारात लिम्बु, सारदा अधिकारी, सुन्दर धिताल, केशवजङ्ग शाही, सन्देश कार्की र सन्तोष गिरिको अभिनय छ। नाटक चैत १८ गतेसम्म चल्ने नाटक शनिबार दिउँसो साढे २ बजे र साँझ साढे ५ बजे मञ्चन हुनेछ।

शिल्पीमा ‘झोडा’

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा फागुन ११ देखि नाटक ‘झोडा’ मञ्चन भइरहेको छ। नाटकमा तराईमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको छ।

२०२८ सालदेखि २०३२ सालसम्मको झोडाको संक्रमणकालीन समयलाई नाटकमा प्रस्तुत गरिएको छ। नाटक साहित्यकार गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनी’ मा आधारित छ। नाटकको परिकल्पना र निर्देशन चेतन आङथुपोले गरेका छन्।

नाटकमा मनकुमार योङ्गहाङ, रमिला राई (रमिता), उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर (प्रविन), बविना राई, मिना नेम्बाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङको अभिनय छ।

नाटकको नाट्य रूपान्तरण सुमन लिङदेनले गरेका छन्। नाटकका निर्माता सुरेश माङ्पाहाङ राई हुन्। फागुन २२ गतेसम्म मञ्चन हुने नाटक शनिबार दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन हुनेछ।

कला परिषदमा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषदमा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।

कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बिउ विजन, चित्रलगायतका विभिन्न दस्तावेजहरू छन्। प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ सात बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

हलमा नेपाली, हिन्दी र अंग्रजी फिल्म प्रदर्शन भइरहेको छ। नेपालीमा द अनब्रेकेबल अगस्त्यः च्याप्टर १’ ‘गोर्खा वारियर’, ‘हात्तीछाप’ र ‘दयारानी’ चलिरहेको छ। त्यस्तै विदेशी फिल्म ‘ड्युन २’, ‘लापता लेडिज’, ‘अप्रेसन भ्यालेन्टाइन’ ‘आर्टिकल ३७०’, ‘क्रक जितेगा तो जियेगा’, ‘तेरी बातों मे ऐसा उलझा जिया’, प्रदर्शनरत छन्।

कुन हलमा कुन फिल्म?

अगस्त्य

फागुन १८ गतेदेखि फिल्म ‘अगस्त्य’ प्रदर्शन भइरहेको छ। निर्देशक चौधरीको लेखन र निर्देशनमा बनेको फिल्म भारतमा बेचिएकी नेपाली किशोरीको उद्धारको कथा छ।

फिल्ममा सौगात मल्ल, निश्चल बस्नेत, रवीन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि, नाजिर हुसेन, मलिका महत, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, छाया सेन्टरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘अगस्त्य’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स फिल्म ‘अगस्त्य’ चलिरहेको अन्य हल हुन्।

गोर्खा वारियर

फागुन ११ देखि फिल्म ‘गोर्खा वारियर’ प्रदर्शन भइरहेको छ। फिल्म गोर्खा सैनिकले सन १९४९ मा मलाया इमरजेन्सी जंगल वारमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ।

फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्ममा विजय लामा, शिशिर वाङ्देल, रितेश चाम्स, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, बिरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राईलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल र लबिम मलमा फिल्मको सो छ। एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, बिग मुभिजमा फिल्म ‘गोर्खा वारियर’ चलिरहेको छ।

हात्तीछाप

माघ २६ देखि फिल्म ‘हात्तीछाप’ हलमा प्रदर्शन भइरहेको छ। सिमोस सुनुवारले निर्देशन गरेको फिल्म प्रदीप भारद्धाजको लेखन छ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राईलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

दयारानी

माघ २६ देखि हलमा फिल्म ‘दयारानी’ प्रदर्शन भइरहेको छ। गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित फिल्ममा निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको छ।

माओत्से गुरुङको लेखन र निर्देशनमा बनेको फिल्ममा कलाकार दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिर्षा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायतको अभिनय छ।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, एफक्यूब सिनेमाज र बिएसआर मुभिज, फिल्म ‘दयारानी’ चलिरहेको छ।

ड्युन २

फागुन ११ देखि डेनिस भिलेनुएभ निर्देशित हलिउड फिल्म ‘ड्युन २’ नेपालमा प्रदर्शन भइरहेको छ। साइन्स फिक्सन जनरामा बनेको फिल्म फ्यांक हबर्टको पुस्तकमा आधारित छ।

एक्सन, एडभेन्चर र ड्रामा जनरामा बनेको फिल्ममा फ्लोरेन्स पग, टिमोथी चालमेट, रेबेका फग्र्युसनलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर र दरबार सिनेम्याक्मा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्समा हलिउड फिल्म ‘ड्युन २’ प्रदर्शन भइरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, क्यूज सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स हलिउड फिल्म ‘ड्युन २’ चलिरहेको अन्य हल हुन्।

लापता लेडिज

बलिउड फिल्म ‘लापता लेडिज’ पनि फागुन १८ देखि नै नेपालमा प्रदर्शनरत छ। किरण राव निर्देशित फिल्म कमेडी र ड्रामा जनरामा बनेको छ। अमिर खानले गरेको फिल्ममा अतिशय जैन अखिल, शिवम घवारिया, नितान्शी गोयललगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल, छाया सेन्टर, छाया सेन्टर र भटभटेनी भक्तपुरमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, क्यूज सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाजमा बलिउड फिल्म ‘लापता लेडिज’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स बलिउड फिल्म ‘लापता लेडिज’ चलिरहेको अन्य हल हुन्।

अप्रेसन भ्यालेन्टाइन

नेपालको हिमाली भेगकोसमेत छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’ फागुन १८ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ।

थ्रिलर, एक्सन र ड्रामा जनरामा बनेको फिल्ममा नेपालको लाङटाङ उपत्यका, सिन्धुपाल्चोकको जुगल हिमाल समावेश छ। फिल्मका निर्देशक शक्ति प्रताप सिंह हाडा हुन्। फिल्ममा वरुण तेज, मानुषी छिल्लर, रुहानी शर्मालगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र सिभिल मलमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, अष्टनारायण पिक्चर्समा फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत कालीमाटी ट्रेड सेन्टर, क्यूज सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’ चलिरहेको अन्य हल हुन्।

आर्टिकल ३७०

बलिउड फिल्म ‘आर्टिकल ३७०’ फागुन ११ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आदित्य सुहास जांभले हुन्। फिल्ममा यामी गौतम, प्रियमणि, किरण कर्माकारलगायतको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

क्रक

फागुन ११ देखि नेपाली हलहरुमा हिन्दी फिल्म ‘क्रक जितेगा तो जियेगा’ प्रदर्शन भइरहेको छ। एक्सन जनरामा बनेको फिल्म आदित्य दत्तले निर्देशन गरेका हुन्। फिल्ममा एमी ज्याक्सन, विद्युत जमवाल,नोरा फतेहीलगायत कलाकारको अभिनय छ। उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर र क्यूज सिनेमाजमा फिल्मको एक सो छ।

तेरी बातों मे ऐसा उलझा जिया

नेपाली हलमा बलिउड फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ प्रदर्शन भइरहेको छ। प्रेमकथामा आधारित फिल्ममा शाहिद कपूर, कृति सेनन, धर्मेन्द्र, डिम्पल कपाडियालगायत कलाकारको अभिनय छ। फिल्म अराधना शाह र अमित जोशीले निर्देशन गरेका हुन्।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत कालीमाटी ट्रेड सेन्टर, क्यूज सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा बलिउड फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ चलिरहेको छ।

प्रकाशित: १९ फागुन २०८० ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =