सुन तस्करी प्रकरण : नुवाकोटका एसपी र सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए

हिमाल प्रेस २ चैत २०८० १९:२६ | Friday, March 15, 2024
सुन तस्करी प्रकरण : नुवाकोटका एसपी र सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए प्रहरी प्रधान कार्यालय

काठमाडौँ- ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका तीन अधिकारी प्रहरी प्रधान कार्यालय तानिएका छन्।
पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले नेपाल प्रहरीका एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालले अनुसन्धानमा गम्भीर त्रुटी गरेको औंल्याएपछि उनीहरूलाई प्रहरी प्रधान कार्यालय तानिएको हो। आयोगले उनीहरूले सुन तस्करीका अभियुक्तलाई भगाएको आरोप पनि प्रतिवेदनमा लगाएको छ।

थापा नुवाकोट प्रहरी प्रमुखमा कार्यरत थिए भने कुँवर र दाहाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए। थापा पनि तत्कालीन समयमा सीआईबीमै थिए। आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो।

सुन तस्करी प्रकरण : सीआईबी प्रमुखमा एआईजी ज्ञवाली, बज्राचार्यको सरुवा प्रहरी प्रधान कार्यालयमा

सुन तस्करी प्रकरण : दिपेश पुन पक्राउ

प्रकाशित: २ चैत २०८० १९:२६ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast