‘महाजात्रा’ विश्वभर एकैदिन प्रदर्शन

हिमाल प्रेस १७ फागुन २०८० १२:३२
6
SHARES
‘महाजात्रा’ विश्वभर एकैदिन प्रदर्शन

काठमाडौँ- फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकैदिन प्रदर्शन हुने भएको छ। प्रदर्शन अधिकार लिएको एमएसएम इन्टरटेनमेन्टले फिल्म चैत ९ मा विश्वभर एकैदिन प्रदर्शन हुने जनाएको छ।

एमएसएम इन्टरटेनमेन्टले संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मध्यपूर्वका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिष्ट्रिब्युसनलाई जिम्मा दिएको छ।

त्यस्तै, युरोपमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, दक्षिण कोरियामा विशाल आवाज मल्टिमिडिया, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयं एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्म प्रदर्शन गर्नेछ।

कमेडी फिल्म ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग हो ‘महाजात्रा’। प्रदीप भट्टराईको निर्देशनमा बनेकाे फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, शिशिर बाङ्देल, गौमाया गुरुङ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, अरविन खड्कालगायत कलाकारको अभिनय छ।

फिल्मका निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन्। हासो र रोदनको मिश्रणलाई मौलिकताका साथ प्रस्तुत गरिएका फिल्म पुरुषोत्तम प्रधानले छायांकन गरेका छन्। कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन तथा आशिष अविरल संगीतमा बनेको छ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेको फिल्म कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन्। षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्म पुरुषोत्तम प्रधानले छायांकन गरेका छन्। फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरलको संगीत छ।

प्रकाशित: १७ फागुन २०८० १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =