बेपत्ता मानबहादुर खोज्न सेतीको ड्याम खोलिने

हिमाल प्रेस १६ फागुन २०८० १४:५५
58
SHARES
बेपत्ता मानबहादुर खोज्न सेतीको ड्याम खोलिने

पोखरा– माछा मार्ने क्रममा एक युवक बेपत्ता भएपछि उनको खोजीका लागि पोखराको सेती नदीको ड्याम खोलिने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन १७ गते बिहीबार बिहान ८ बजे सेतीको ड्याम खोल्ने जानकारी गराउँदै उक्त समयमा पानीको बहाव बढ्ने हुँदा सतर्क रहन आग्रह गरेको छ।

पोखरा महानगरपालिका–१ सिम्पानी बस्ने सार्की लामा तामाङ भनिने मानबहादुर तामाङ माछा मार्ने क्रममा फागुन १३ गते साँझदेखि सेती नदीमा बेपत्ता भएका थिए।

बेपत्ताको भोलिपल्ट नदीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल समेतको टोलीले खोजतलास गर्दा फेला नपरेकोमा घरपरिवारले सेती नदीको ड्याम खोलेर खोजतलास गर्न अनुरोध गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फागुन १७ गते बिहीबार बिहान ८ बजे डयाम खोलिने भएकोले नदीमा पानीको बहाव बढ्ने हुँदा नदी वरिपरि काम गर्ने मानिसहरु चनाखो रहन तथा किनारमा नजान तथा सो क्षेत्रमा आवातजावत गर्ने मानिस सतर्क हुन आग्रह गरिएको छ।

केही महिनाअघि पनि नदीमा बेपत्ता एक जनाको खोजीका लागि यसैगरी ड्याम खोलिएकोमा उनी मृत फेला परेका थिए।

प्रकाशित: १६ फागुन २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =