नेपालमा रोबोटिक शल्यक्रिया भित्र्याउन सकिन्छ : विशेषज्ञ डा.अरुण प्रसाद

हिमाल प्रेस ११ फागुन २०८० १६:१७
20
SHARES
नेपालमा रोबोटिक शल्यक्रिया भित्र्याउन सकिन्छ : विशेषज्ञ डा.अरुण प्रसाद

काठमाडौँ- नेपालमा बिरामीको उपचार गर्न रोबोटिक शल्यक्रिया भित्र्याउन सकिने रोबोटिक शल्यक्रियाका विशषेज्ञ डा.अरुण प्रसादले बताएका छन्। भारत र विश्वमै अनुभवी सर्जन मानिने डा. अरुण प्रसाद यतिबेला नेपाल आएका छन्।

नेपाल सर्जिकल ग्यास्ट्रोएन्टेरोलजी संघको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन (२०२४) मा आएका उनले नेपालमा पनि रोबोटिक शल्यक्रिया प्रयोगमा ल्याउन सकिने बताएका हुन्। ‘नेपालका अधिकांश बिरामी भारतमा गएर उपचार गराइरहेका हुन्छन्’, उनले भने, ‘यो प्रविधि नेपालमा पनि ल्याउन सकिन्छ।’

शल्यक्रियाबाट उपचार गर्न सहज हुने उनको भनाइ छ। ‘रोबोटिक शल्यक्रिया औँलाको सहायताले रिमोटबाट गर्न सकिन्छ’, उनले भने।  सम्मेलनमा  ग्यास्ट्रोएन्टेरोलोजीसँग सम्बन्धित स्टल छन्। एक छेउमा राखिएको छ रोबोटिक शल्यक्रियाको स्टल। यसबाट उपचार गर्दा रगतको कमी, घाउको दाग छिटो निको हुने उनको अनुभव छ। बिरामीको समयको बचत हुने, अस्पताल लामो समयसम्म बसिरहन नपर्ने भएकोले बिरामीको परिवारलाई पनि निकै सहज हुने उनी सुनाउँछन्।

यो रोबोट भारतमा बनेको हो। उनले भारत र नेपाल छिमेकी देश भएकाले नेपालमा पनि रोबर्टबाट शल्यक्रिया गराउन सकिने बताए। सामान्य पाँच करोडदेखि २० करोडसम्मको रोबोट मेसिन बनेको उनले बताए।  यसको उपचार भने महँगो छ। ‘नर्मल सर्जरी गर्न पाँच लाख लाग्छ भने रोबर्टबाट गर्दा थप दुईतीन लाख बढी लाग्न लाग्छ’, डा.अरुण प्रसादले भने।

सन् २०१२ मा पहिलोपटक भारतमा यसको प्रयोग गरिएको थियो। रोर्बटबाट पेट र क्यान्सरसँग सम्बन्धित रोगको शल्यक्रिया गर्न सकिन्छ। विश्वभर टेक्नोलोजीहरूको धेरै प्रयोग भइरहेको खण्डमा अस्पतालहरूलाई पहुँचयोग्य बनाउन यो शल्यक्रिया उपयुक्त भएको उनले जिकिर गरे। होटल मल्लमा शुक्रबार सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ।

प्रकाशित: ११ फागुन २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =