संविधानले पूर्णता पाएको छैन : निधि

हिमाल प्रेस १० फागुन २०८० १७:४६
6
SHARES
संविधानले पूर्णता पाएको छैन : निधि

काठमाडौँ- नेपाली कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले संविधानले पूर्णता नपाएको बताएका छन्। पार्टीको ललितपुरमा जारी महासमिति बैठकको समापन समारोहमा बिहीबार सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन बने पनि संविधानले पूर्णता नभएको बताए।

‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन बनायौँ तर प्रणालीले पूर्णता पाएको छैन’, उनले भने, ‘मुख्यमन्त्रीहरूले नै आन्दोलनको अभिव्यक्ति दिइरहनुभएको छ। स्थानीय तह पनि सिंहदरबार धाइरहेको छ।’

त्यस्तै कांग्रेस महासमिति सदस्यहरूलाई आगामी निर्वाचनमा गठबन्धन गर्नै नपर्ने गरी संगठन बनाउन आग्रह पनि गरे। निधिले मतदाता र जनताको अधिकार रक्षाका लागि कांग्रेस एक भएर लाग्नुपर्ने बताए।

प्रकाशित: १० फागुन २०८० १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =