लुम्बिनी सभापतिले भने, चुनाव हारेकालाई दोस्रो वरीयतामा राख्न सुझाव आएको छ

हिमाल प्रेस १० फागुन २०८० १६:३६
4
SHARES
लुम्बिनी सभापतिले भने, चुनाव हारेकालाई दोस्रो वरीयतामा राख्न सुझाव आएको छ

ललितपुर– नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बरसिंह पुनले महासमिति सदस्यहरूले पार्टीको आन्तरिक चुनावमा पराजित व्यक्तिलाई सभापतिपछिको दोस्रो वरीयतामा राख्न सुझाव दिएको बताएका छन्। महासमिति सदस्यहरूले दिएको सुझाव सुनाउँदै उनले पार्टीमा एकता कायम राख्न सभापतिको चुनाव पराजित व्यक्तिलाई दोस्रो वरीयतामा राख्न जरुरी रहेको बताएका हुन्।

‘मर्यादाक्रम पनि मिलाउन भनिएको छ। तहगत सभापतिलाई केन्द्रीय पदाधिकारीसरह बनाउन भनिएको छ। प्रतिस्पर्धीलाई दोस्रो वरीयतामा राख्न साथीहरूको आवाज आएको छ। यसले सबैसँग एकता कायम हुने विश्वास छ’, उनले भने।

साथै उनले पार्टीको सुशासन र संगठनमा महासमिति बैठक कोसेढुंगा हुने विश्वास व्यक्त गरे। ‘उपसभापति र महामन्त्रीको प्रस्तावमा केही टिप्पणी छ। गठबन्धनका नाममा हामले धेरै क्षति बेहोरेका छौँ। साथीहरूको राय कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरौँ भन्ने छ। पार्टीका आन्तरिक सुशासनका विषयमा धेरै कुरा उठेको छ’, उनले भने। केन्द्रीय सभापतिदेखि सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधिहुने व्यवस्था खारेज गरी तलबाटै चुनाव लड्ने व्यवस्था मिलाउन सुझाव आएको उनले बताए।

प्रकाशित: १० फागुन २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =