नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, प्लेइङ- ११ मा फर्किए करण

हिमाल प्रेस ९ फागुन २०८० ९:०२
8
SHARES
नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, प्लेइङ- ११ मा फर्किए करण

काठमाडौँ- नामिबियाविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस हारेको छ। आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर सुरुवाती ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुर मैदानमा  लिग-२ अन्तर्गत नेपालको नामिबियासँगको दोस्रो खेल हो। यसअघि नेपाललाई नामबियाले ४ विकेटले जित निकालेको थियो। आज नेपाल नामिबियासँग बदला लिने दाउमा छ। नेपाली टोलीको आजको खेलमा एक परिवर्तन गरिएको छ।

अलराउन्डर गुल्सन झा बेन्चमा रहँदा करण केसी प्लेइङ-११ मा परेका छन्। यसअघिको खेलमा करण बेन्चमा थिए।

नेपालले लिग-२ अन्तर्गत आज घरेलु मैदानमा तेस्रो खेल खेल्दैछ। यसअघि नेदरल्यान्ड्स र नामिबियासँग एक/ एक खेल खेलिसकेको छ। जहाँ नेदरल्यान्ड्सँग जितेको छ।

नेपालको प्लेइङ ११  : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल ।

बेन्चमा : आरिफ शेख, पवन सर्राफ, गुलशन झा र सूर्य तामाङ

प्रकाशित: ९ फागुन २०८० ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =