नामिबियामाथि नेदरल्यान्ड्सको ७ विकेटको जित

हिमाल प्रेस ७ फागुन २०८० १४:२१
14
SHARES
नामिबियामाथि नेदरल्यान्ड्सको ७ विकेटको जित

काठमाडौँ- नामिबियामाथि नेदरल्यान्ड्सले ७ विकेटको जित निकालेको छ। एसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत कीर्तिपुरमा भएको खेलमा नामिबियालाई हराउँदै नेदरल्यान्ड्सले लिग-२ मा जित निकालेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफललाई नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७ दशमलब २ ओभरमा पर्‍याएको हो।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ८१ बल खेलेर ८ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडे । यस्तै अर्का ओपनर म्याक्स ओ’डाउडले २८ रन बनाए । साइब्रान्ड एङ्गलब्रेक्टले ६ रन जोडे । बास डे लिडे २१ र कप्तान स्कट एडवार्ड्स ४ रन बनाएर अविजित रहे ।

नामिबियाका लागि ३ विकेट नै कप्तान जेरार्ड इरासमसले लिन सफल भए। यसअघि नामिबियाका लागि जेजे स्मिथले २६, जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र कप्तान जोर्रार्ड इरास्मसले समान १३ तथा वेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए।

प्रकाशित: ७ फागुन २०८० १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =