प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश नदिएपछि पत्रकारले गरे सांकेतिक विरोध

हिमाल प्रेस ७ फागुन २०८० ९:३९
16
SHARES
प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश नदिएपछि पत्रकारले गरे सांकेतिक विरोध

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश नदिएपछि पत्रकारले विरोध जनाएका छन्।

सरकारको कार्यक्रममा समाचार संकलन र फोटो खिच्न नदिएपछि पत्रकारले क्यामरा डाउन गरेर विरोध गरेका हुन्।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएको हो। समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ।

यसअघिका कार्यक्रममा भने पत्रकारलाई कार्यक्रम प्रवेश गर्न दिने गरेको थियो। यसपटक भने विभिन्न कारण देखाउँदै रोक लगाएको छ।

प्रकाशित: ७ फागुन २०८० ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =