बैंक तथा वित्तीय संस्थाविरुद्ध भ्रम फैलाएकोप्रति सिबिफिनको ध्यानाकर्षण

हिमाल प्रेस ६ फागुन २०८० २१:०१
24
SHARES
बैंक तथा वित्तीय संस्थाविरुद्ध भ्रम फैलाएकोप्रति सिबिफिनको ध्यानाकर्षण

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा अविश्वास बढाउने खालका समाचार सम्प्रेषण गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी अफवाह फैलाइएको कार्यहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका बारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूका आधिकारिक प्रतिनिधिहरूलाई सम्पर्क गर्नुहुन समेत सम्पूर्ण ग्राहकवर्गहरुमा हार्दिक आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ फागुन २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =