आईसीसी क्रिकेट विश्वकप लिग-२ : नामिबियासँग भिड्दै नेपाल

हिमाल प्रेस ३ फागुन २०८० ७:३८
40
SHARES
आईसीसी क्रिकेट विश्वकप लिग-२ : नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ- आईसीसी क्रिकेट विश्व कप लिग-२ को पहिलो शृंखला बिहीबार (आज)देखि नेपालमा सुरु हुँदैछ। शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन्।
नेपालको पहिलो खेल नामिबियासँग छ। यो नै लिग २ को पहिलो खेल हो।

त्यसपछि नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग-२ का खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिनेछन्। आज खेल बिहान ९ : ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

लिग-२ को यो दोस्रो संस्करण हो।

लिग-२ शृंखला सन् २०२७ सम्म चल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग-२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन्। पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए।

लिग-२ शृंखला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो। सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ।

यसपटक लिग-२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।

क्यानले घोषणा गरेको टोलीमा यू-१९ टोलीका कप्तान देव खनाल र अनिलकुमार शाहलाई पनि समेटिएको छ। लिग-२ शृंखलाका लागि यसअघि घोषित टोलीमा यी दुईलाई समेटिएको थिएन।

 

प्रकाशित: ३ फागुन २०८० ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =