आधा दर्जन सीईओ र सञ्चालक राष्ट्र बैंकको कारबाहीमा, को-को परे ?

हिमाल प्रेस २ फागुन २०८० १२:१५
134
SHARES
आधा दर्जन सीईओ र सञ्चालक राष्ट्र बैंकको कारबाहीमा, को-को परे ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले नीजि बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई कारबाही गरेको छ।

राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरेको हो।

सप्तकोसी डेभलपमेन्ट बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत, नारायणी डेभलपमेन्ट, प्रोग्रेसिभ फाइनान्सको सन्चालक समिति र सीईओ, गुडविल फाइनान्सका संचालक समिति र सीईओलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

त्यसैगरी गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ पनि कारबाहीमा परेको बैंकले जनाएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा विकास बैंक र वित्त कम्पनी तथा ती संस्थाका अध्यक्ष, सन्चालक र सीईओलाई कारबाही गरेको हो।

 

 

 

 

 

प्रकाशित: २ फागुन २०८० १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =