जसपाको मधेश प्रदेश समिति पुनर्गठन

हिमाल प्रेस २ फागुन २०८० १०:११
2
SHARE
जसपाको मधेश प्रदेश समिति पुनर्गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश समिति पुनर्गठन भएको छ।

पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेश प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको छ। त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ। सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुंगो लगाइएको छ।

साथै वृजमोहन तिवारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश सल्लाहकार समिति गठन भएको छ। महाराज यादवको अध्यक्षतामा ७ सदस्यीय अनुशासन आयोग र अमृत साफीको अध्यक्षतामा ६ सदस्यीय लेखा परीक्षण आयोग गठन भएको छ।

मधेश प्रदेश समिति पुनर्गठन भएसँगै जसपाका सातै प्रदेश समिति पुनर्गठन भएका छन्।

प्रकाशित: २ फागुन २०८० १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =