७८ एसपीको सरुवा

हिमाल प्रेस २ फागुन २०८० ७:०६
558
SHARES
७८ एसपीको सरुवा

काठमाडौँ- नेपाल प्रहरीका ७८ जना एसपीको सरुवा भएको छ।

जसमध्ये २५ जिल्लाका इन्चार्ज फेरिएका हुन्। तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कंडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ।

कंचनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधी ज्ञवाली, पाल्पा नरेन्द्र चन्द, कैलाली पदम बहादुर बिष्ट, बर्दिया प्रविण धिताल, गोरखा बासुदेव पाठक, काभ्रेपलान्चोकमा बसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा धएका छन्।

यस्तै धनकुटामा बिमल बस्नेत, डोटी बिष्णुहरी कोइराला, चितवन भावेष रिमाल, धनुषा मित्रबन्धु शर्मा, झापा मिलन केसी, रुपन्देही रञ्जित सिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ।

स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरी श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन्।

 

प्रकाशित: २ फागुन २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =