दुई पटक माग्दा पनि ‘कर्णाली प्रदेश खेलकुद गीत’ प्राप्त हुन सकेन

हिमाल प्रेस २७ माघ २०८० २१:११
2
SHARE
दुई पटक माग्दा पनि ‘कर्णाली प्रदेश खेलकुद गीत’ प्राप्त हुन सकेन

सुर्खेत– कर्णाली प्रदेश खेलकुद विकास परिषदले ‘कर्णाली खेलकुद गीत’का लागि सार्वजनिक सूचना आह्वान गर्दा पनि पर्याप्त मात्रामा गीत नआएको जनाएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्नो छुट्टै खेल गीतका लागि पुस ५ मा पहिलोपटक सार्वजनिक सूचनामार्फत ‘कर्णाली प्रदेश खेलकुद गीत’को शब्द सचना माग गरेको थियो। पहिलो पटकको सूचनामा पर्याप्त गीतको शब्द रचना नआएपछि परिषद्ले दोस्रो पटक वेबसाइटमार्फत पुस २१ गते गीतको शब्द सचना मागको म्याद थप गर्‍यो।

उक्त सूचनामार्फत परिषदले ‘कर्णाली प्रदेश खेलकुद गीत’ का लागि कर्णालीको पहिचान,धरोहर, भेषभूषा, संस्कृति र कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको भाव झल्किने गरी खेलकुद गीतको शब्द रचनाको माग गरेको थियो।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को कार्यालयमा आएका ‘कर्णाली खेलकुद गीत’को शब्द रचना छनोटका लागि परिषद्ले कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं साहित्यकार रमेश न्यौपानेको संयोजकत्वमा मध्यपश्चिम विश्व विद्यालयका उपप्राध्यापक कमल लम्साल र साहित्यकार देवकी तिमिल्सेना सदस्य रहेको समिति गठन गरेको थियो।

समितिको शनिबार बसेको बैठकले हालसम्म आएका खेलकुद गीत शब्द सचना पर्याप्त मात्रामा प्राप्त नभएको भन्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई फेरि ‘कर्णाली प्रदेश खेल गीत’को शब्द रचना माग गर्न अनुरोध गरेको परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए।

समितिका सदस्य लम्सालले समितिमा प्राप्त भएका रचनाहरु उत्कृष्ट रहेको तर गीत शब्द रचनाहरुको सूचान अझ धेरै सर्जकसम्म पुगोस् र अझै उत्कृष्ट रचना आवस् भन्ने उदेश्यले परिषद्लाई सूचनाको म्याद थप्न अनुरोध गरिएको बताए।

उनले भने, ‘हामीले छनोट समितिमा आएका गीतका शब्द रचना हेर्‍यौँ। कर्णालीको खेल गीत कर्णालीको भाषा, संस्कृति र पर्यटकीय स्थलसँग जोडेर शब्द रचनाहरुको माग गरेको हुनाले अहिले प्राप्त भएका गीतको शब्द रचनामध्येबाट छान्दा भोलि यो भन्दा अझै राम्रो गीत बन्न सक्थ्यो भन्ने सर्जकहरुबाट प्रतिक्रिया आउने भएकाले धेरै सर्जकसम्म यो सूचना पुगोस् भन्ने उद्देश्यले हामीले परिषद्लाई म्याद थप्न अनुरोध गरेका हौँ।’

प्रकाशित: २७ माघ २०८० २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =