सुशासन भएमात्रै विकास हुन्छ : राष्ट्रपति पाैडेल

हिमाल प्रेस २५ माघ २०८० १८:३७
10
SHARES
सुशासन भएमात्रै विकास हुन्छ : राष्ट्रपति पाैडेल

काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन्।

मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दिगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र र वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताए।

राष्ट्रपति पौडेलले विगतमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ भन्नेमा विशेष जोड दिए।

‘समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कृत र सम्मान गर्दा भावी पुस्तालाई असल काम गर्न उत्प्रेरित गर्नेछ, असल कामका लागि मानिसहरूलाई उत्प्रेरित गर्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने।

प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने विश्वास व्यक्त गर्दै उनले स्वर्गीय मीनकुमारीलगायत उनको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरे।

साथै प्रतिष्ठानले मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्र, शिक्षा, स्वास्थ्य तथा खेलकुदलगायत क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएकोमा खुसी व्यक्त गरे। त्यस अवसरमा राष्ट्रपति पौडेलले ‘मीनकुमारी प्रजातन्त्र सेनानी सम्मान’ लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाल र ‘राष्ट्रिय खेलकुद पुरस्कार’ प्रकाश थापामगरलाई प्रदान गरे।

प्रकाशित: २५ माघ २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =