सडक दुर्घटनाका घाइतेको जीवन रक्षार्थ सशस्त्र प्रहरी र सडक सुरक्षा परिषद्‌बीच सम्झौता

हिमाल प्रेस २५ माघ २०८० १८:३२
26
SHARES
सडक दुर्घटनाका घाइतेको जीवन रक्षार्थ सशस्त्र प्रहरी र सडक सुरक्षा परिषद्‌बीच सम्झौता

काठमाडौँ- सडक दुर्घटनाको आपतकालीन अवस्थामा उद्धार र उपचारको व्यवस्था गर्ने गरी राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा उक्त सम्झौता भएको हो।

सम्झौतापत्रमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा रुपक महर्जन र राष्ट्रिय सडक सुरक्षा परिषद्को तर्फबाट सदस्यसचिव कृष्णराज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सुरक्षित सडक र दुर्घटना न्यूनीकरणका लागि दुर्घटना भई आइपर्ने आपतकालीन अवस्थामा खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।

पृथ्वी राजमार्ग ट्रमा सेन्टरबीच चिकित्सकीय सम्प्रेषण गर्न एक किसिमको आवद्धताको लागि कन्सल्टेन्टहरुले तयार गरेको नमुनागत प्रणाली कार्यान्वयमा ल्याई परीक्षण गर्न सशस्त्र प्रहरी बलको सहयोग तथा कार्यान्वयको लागि समझादारी पत्रमा हस्ताक्षर भएको सशस्त्र प्रहरी बलले बताएको छ।

कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्धार, घाइतेहरुको उपचार स्थलगतमै उपलब्ध गराउने गरी सम्झौता भएको बताए। उनले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा धेरै दुर्घटना हुने भए पनि सो सडकखण्डमा बलम्बु अस्पतालभन्दा बाहेकका ठूला अस्पातल नभएकाले उपचार पहिलो प्राथमिकताको लागि विभिन्न संस्थाहरुसँगको सहकार्यमा काम गर्ने योजना रहेको बताए।

नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्धार, घाइतेहरुको उपचार स्थलगतमै तुरुन्तै गर्ने उद्देश्यले सम्झौता गरिएको बताए। दुर्घटनामा परेका घाइते तथा बिरामीहरुलाई तत्काल उपचार सेवा प्रदान गर्नका लागि पृथ्वी राजमार्ग ट्रमा सेन्टर स्थापना भई कार्यसञ्चालन हुँदै आइरहेको उनले उल्लेख गरे।

उक्त सम्झौता पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्धार, घाइतेहरुको उपचार स्थलगतमै तुरुन्तै हुने अपेक्षा रहेको छ। त्यस्तै सडक दुर्घटनामा अनाश्यक मृत्यु र अंगभंगमा समेत उल्लेख्य कमी आउने र स्थानीय सबै स्वास्थ्य संस्थाहरुमा ट्रमा सम्बन्धी तालिम एवं मेडिकल सामग्री तथा उपकरणहरु समेत थप हुने सशस्त्र प्रहरी बलको अपेक्षा छ।

प्रकाशित: २५ माघ २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =