नेपाल प्रहरीको आठ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा

हिमाल प्रेस २५ माघ २०८० १३:१६
24.1k
SHARES
नेपाल प्रहरीको आठ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा

काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्साल प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको निकाल्ने तयारीमा लागेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण आलटाल भएको बढुवा प्रक्रियाले गति लिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार हप्ता दिनभित्रै बढुवा निकाल्ने गरी तयारी भइरहेकोछ।

नेपाल प्रहरीमा अहिले एसपीमा ८ पद रिक्त छ। जसका लागि १२ जना डीएसपीहरू प्रतिस्पर्धामा छन्। एसपी बन्न प्रतिस्पर्धामा रहेका १२ डीएसपीमा पहिलो नम्बरमा प्रदीप क्षेत्री छन्। दोस्रोमा अंगुर जीसी, तेस्रोमा ढकेन्द्र खतिवडा छन्। त्यसपछि क्रमश: यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे छन्।

प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनका आधारमा बढुवा हुने बताएको छ।

त्यस्तै नेपाल प्रहरीका २१ एसपीको पनि हप्ता दिनभित्रै निकाल्ने तयारी छ। प्रहरी अधिकारीको सरुवा एक वर्षमा हुनै पर्ने प्रहरी नियमावली भए पनि विभिन्न २१ एसपी एक वर्ष भइसक्दा पनि एकै ठाउँमा कार्यरत छन्। २१ मध्ये पनि ६ एसपी त १३ महिनादेखि एकै ठाउँमा कार्यरत छन्।

यो पनि 

२१ जिल्लाका एसपीको सरुवा किन भएन, कहाँ अड्कियो बढुवा?

प्रकाशित: २५ माघ २०८० १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =