पाकिस्तानमा आज आम निर्वाचन

हिमाल प्रेस २५ माघ २०८० ८:२१
2
SHARE
पाकिस्तानमा आज आम निर्वाचन तस्बिर : एजेन्सी

इस्लामाबाद- पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। आज हुन लागेको निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। चुनावमा १२।८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन्।

मतदाताको सुरक्षा सुनिश्चित गर्न करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

प्रहरी, नागरिक सशस्त्र बल र सशस्त्र बलका कर्मचारीले मतदान गर्न पाउँछन्। मतदान बिहान ८ बजेबाट साँझ ५ बजेसम्म चल्नेछ। २४ करोड १० लाख जनसंख्या रहेको पाकिस्तानमा १२ करोड ८० लाख मतदाता छन्।

३३६ सदस्यीय तल्लो सदन नेसनल एसेम्बलीमा २६६ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। त्यसका लागि ४ हजार ८०७ पुरुष, ३१२ महिला र दुई तेस्रोलिङ्गी गरी ५ हजार १२१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

चार प्रदेश सभाका लागि १२ हजार १२३ पुरुष, ५७० महिला र दुई तेस्रोलिङ्गी गरी १२ हजार ६ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

देशका चारवटै प्रान्तमा गरी ९० हजार ६७५ मतदान केन्द्रको स्थापना गरिएको छ।, जसमा पुरुषका लागि २५ हजार ३२०, महिलाका लागि २३ हजार ९५२ र अन्य ४१ हजार ४०३ मिश्रित मतदान केन्द्र रहेका छन्।

निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् भने २९ हजार ९ सय ८५ संवेदनशील र १६ हजार ७६६ अति संवेदनशील भनेर छुटाइएको छ।

आतङ्ककारी समूहको आक्रमणको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। आम निर्वाचनको पूर्वसन्ध्यामा बुधबार भएको श्रृंखलावद्ध हमलामा २८ जनाको को मृत्यु भएको छ। ४० भन्दा बढी घाइते भएको जिओ न्यूजले जनाएका छ।

त्यसको दुई दिनअघि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एउटा प्रहरी चौकीमा भएको आतंककारी आक्रमणमा कम्तिमा १० प्रहरी जवान मारिएका थिए। बीबीसीबाट

प्रकाशित: २५ माघ २०८० ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =