ज्योति फाउण्डेसनले सांगीतिक साँझबाट गर्‍यो १३ लाख बचत

हिमाल प्रेस २३ माघ २०८० २०:०६
22
SHARES
ज्योति फाउण्डेसनले सांगीतिक साँझबाट गर्‍यो १३ लाख बचत

सुर्खेत- ज्योति फाउण्डेसनले मंसिर १५ गते सुर्खेतमा गरेको सांगीतिक साँझबाट संकलन भएको रकम र खर्च विवरण मंगलबार सार्वजनिक गरेको छ।

सांगीतिक साँझबाट फाउण्डेसनले २२ लाख ७५ हजार ४९७ रुपैयाँ संकलन गरेको जनाएको छ। जसमध्ये ९ लाख ६१ हजार ३४ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलन गर्दै अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन्।

हाल संकलन भएको रकममध्ये १३ लाख १४ हजार ४६३ रुपैयाँ बचत छ। सांगीतिक साँझका क्रममा बिक्री भएको टिकटमध्येबाट १२ लाख रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिइन्।

उठ्न बाँकी रकम एनआरएनको १० लाख छ भने हेटौँडा सिमेन्ट उद्योगको २ लाख बाँकी छ। यस्तै कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले सहयोग गर्ने वाचा गरे पनि रकम भने खुलाएका छैनन्। साथै ३ लाख ५४ हजारको टिकट फिर्ता भएको फाउण्डेसनले जनाएको छ।

संकलन भएको रकम बैंकमा जम्मा भएको र त्यसबाट प्राप्त ब्याजबाट छोरीहरूको शिक्षामा सहयोग गर्ने उनले बताइन्।

यस्तै स्थानीय तहले सिफारिस गरेका भूकम्प प्रभावित छात्राहरूको स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौता गर्ने प्रक्रिया चलिरहेको फाउण्डेसनले जनाएको छ।

प्रकाशित: २३ माघ २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =