प्युठानमा फाइजर खोप अभियान

हिमाल प्रेस २२ माघ २०८० १९:३३
8
SHARES
प्युठानमा फाइजर खोप अभियान

स्वर्गद्वारी (प्युठान)-  प्युठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ। कोभिड-१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ।

उक्त खोप १२ वर्षमाथिका व्यक्तिलाई विभिन्न खोप केन्द्रबाट जिल्लाभर लगाइने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिए।

खोपको पहिलो मात्रा नलगाएका, थप बुस्टर डोज लगाइसकेका बाहेकका व्यक्तिलाई लक्षित गरिएको उनले बताए। जिल्लाका ४१ हजार ७० जनालाई खोप अभियानले समेट्ने बताइएको छ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २०७७ माघ १५ गतेयता कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ३०, दोस्रो मात्रा लगाएका एक लाख ९५ हजार एक सय ८७, पहिलो बुस्टर लगाएका एक लाख ६ हजार चार सय ४३ तथा थप बुस्टर लगाएका ३० हजार चार सय २० जना छन्।

प्रकाशित: २२ माघ २०८० १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =