उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

हिमाल प्रेस २२ माघ २०८० १२:३९
8
SHARES
उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

काठमाडौँ- उपनिर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। आयोगले निर्वाचनको मिति घोषणा हुनुअघि नै मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको हो। आयोग आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी तयारीमा लागेको छ।

‘मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ,’ उनले भने, ‘तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ।’

वैशाखमा हुँदैछ यी २५ ठाउँमा उपनिर्वाचन

 

प्रकाशित: २२ माघ २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =