प्रभु महालक्ष्मी लाइफको मिड टर्म बिजनेस समिट सम्पन्न

हिमाल प्रेस २२ माघ २०८० १०:४७
प्रभु महालक्ष्मी लाइफको मिड टर्म बिजनेस समिट सम्पन्न

काठमाडौँ- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका शाखा / उपशाखा प्रमुखहरू, क्षेत्रीय/उपक्षेत्रीय प्रमुखहरू, विभागीय प्रमुखहरू, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१ गते सम्म तीनदिने बिजनेस समिट कार्यक्रम सम्पन्न गरिएको हो।

‘मिड टर्म बिजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले यस किसिमका बिजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘दुईवटा कम्पनीको मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बिमित तथा सरोकारवालाहरुमा थप जोस र उत्साह प्रदान गर्नेछ।’

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले अन्डरराइटिङका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासामाथि प्रस्ट पारे।

प्रभु महालक्ष्मी लाइफका नायब महाप्रबन्धक सोनबहादुर मगरले सम्बोधन गर्दै जीवन बिमा व्यवसाय र व्यवसाय वृद्धिका सूत्रका बारेमा जानकारी गराए। कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बिमा योजना (बालबालिका) बारेमा कम्पनीका प्रोडक्ट एन्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठको विस्तृत प्रस्तुति थियो।

कम्पनीका सहायक महाप्रबन्धक नमशसिंह देउजाले स्वागत मन्तव्य दिएका थिए भने सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: २२ माघ २०८० १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =