 प्रतिनिधिमूलक तस्बिर
                              प्रतिनिधिमूलक तस्बिर
                                            तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
                            प्रकाशित: २० माघ  २०८० १६:३७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 