पाकिस्तानी दूतावास र एफडब्ल्यूइएएनबीच सहकार्य गर्ने सहमति

हिमाल प्रेस १९ माघ २०८० २०:१५
8
SHARES
पाकिस्तानी दूतावास र एफडब्ल्यूइएएनबीच सहकार्य गर्ने सहमति

काठमाडौँ- नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल महिला उद्यमी महासंघ (एफडब्ल्यूइएएन)बीच सहकार्य गर्ने सहमति भएको छ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मी र नेपाल महिला उद्यमी महासंघ प्रतिनिधिबीच सहकार्य गर्ने सहमति भएको पाकिस्तानी दूतावासले जनाएको छ।

अन्तरक्रियापछि राजदूत हासमीले आगामी अप्रिलमा नेपाल महिला उद्यमी महासंघको वार्षिक एक्स्पो लगायतका विभिन्न कार्यक्रम र मुद्दामा मिलेर काम गर्ने निर्णय भएको जानकारी दिए।

नेपाल महिला उद्यमी महासंघसँग निकै उपयोगी अन्तरक्रिया भएको र उनीहरूको काम र वकालतले स्वदेश तथा विदेशमा महिला उद्यमीको सञ्जाल विस्तार भइरहेको आफूले पाएको राजदूत हास्मीले उल्लेख गरेका छन्।

प्रकाशित: १९ माघ २०८० २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =