चारपांग्रे सवारीसाधन एसेम्बलिङ उद्योग स्थापना गर्न नाडाको सुझाव

हिमाल प्रेस १९ माघ २०८० १२:३९
चारपांग्रे सवारीसाधन एसेम्बलिङ उद्योग स्थापना गर्न नाडाको सुझाव

काठमाडौँ-  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चारपांग्रे सवारीसाधन एसेम्बलिङ उद्योग स्थापना गर्न ११ बुँदे सुझाव पेस गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेट गरी यस्तो सुझाव पेस गरेको हो।

छलफलका क्रममा नाडाका सचिव विक्रम सिंघानियाले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि सुझाव पेस गरेका थिए। मन्त्री रिजालले अटोमोबाइल क्षेत्र देशलाई राजस्व र रोजगारी दिने प्रमुख स्रोत भएको र यसको विकासको लागि आवश्यक स्थिर नीति ल्याउन पहल गरिने बताए। उनले अटोमोबाइल उद्योग खोल्न कहाँ उपयुक्त हुन्छ त्यसबारे सुझाव दिन पनि अनुरोध गरेका थिए।

मन्त्री रिजालले गोरखकाली रबर उद्योगलाई पीपीपी मोडेलमा लैजान तयारी गरिरहेको जानकारी दिँदै अटोमोबाइल व्यवसायीहरुले सो उद्योग सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गरेका थिए। छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, केन्द्रीय कार्य समिति सदस्यद्वय अभिक ज्योति, मेघराज पौडेल, सोहन श्रेष्ठ तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानको उपस्थिति थियो।

प्रकाशित: १९ माघ २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =