यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटीआर ७२-५००’ विमान

हिमाल प्रेस १८ माघ २०८० २१:१५
24
SHARES
यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटीआर ७२-५००’ विमान

काठमाडौँ- यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटीआर ७२-५००’ विमान भित्र्याएको छ। दुवै विमान आज (बिहीबार) साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

यतीले एकैपटक दुई विमान थपेको हो। यो सँगै यतीसँग एटीआर-७२ विमान सात पुगेको छ। आज थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ। एक साताभित्रै विमानले उडान गर्ने जनाइएको छ।

प्रकाशित: १८ माघ २०८० २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =