दोस्रो एओजी नाइट राइड सम्पन्न

हिमाल प्रेस १८ माघ २०८० १४:०२
दोस्रो एओजी नाइट राइड सम्पन्न

काठमाडौँ- नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नक्साल सोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ मृगेन बनर्जी र डीजीएम विक्रम पौडेलले गरेका थिए।

२५ जना राइडरको सहभागिता रहेको ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्पल  पुगेका थिए। ओभरनाइट राइडमा एओजीका सदस्य डा. दीपककुमार दासको पनि सहभागिता थियो।

डा. दासले भने, ‘यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ। म आफैँ अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु। आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु।’ कार्यक्रमको दोस्रो दिन हेड मार्सलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो।

प्रकाशित: १८ माघ २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =