एनआईसीसीआईद्वारा निवर्तमान अध्यक्ष ढकालको बिदाइ

हिमाल प्रेस १८ माघ २०८० १५:४१
एनआईसीसीआईद्वारा निवर्तमान अध्यक्ष ढकालको बिदाइ

काठमाडौँ– नेपाल इटालियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले हालै निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा बिदाइ कार्यक्रम आयोजना गरेको छ। ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रूपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरू लगायतका सम्मानित सदस्यहरूको उपस्थिति थियो।
सचिव घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआईको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याएकोमा कृतज्ञता व्यक्त गरे।

अध्यक्ष अग्रवालले चेम्बरकोे मूल्यमान्यतालाई सुदृढ बनाउन ढकालको निर्णायक भूमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गरेका थिए।
ढकालले एनआईसीसीआईको सफलता र आवश्यकताअनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सचिव मनोज श्रेष्ठ बडद्वारा नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै एक जीवन्त व्यवसायी समुदायप्रति एनआईसीसीआईको प्रतिबद्धतालाई जोड दिएका थिए।

एनआईसीसीआईले निवर्तमान अध्यक्ष ढकाललाई बिदाइ गरेपछि चेम्बरले उनको मूल सिद्धान्तलाई अघि बढाउन, नयाँ अवसरहरूलाई अँगाल्ने र नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई अभिवृद्धि गर्ने आफ्नो मिसनलाई निरन्तरता दिने अपेक्षा गरेको छ।

प्रकाशित: १८ माघ २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =