माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्तिको फेला पर्‍यो शव

हिमाल प्रेस १४ फागुन २०८० ८:०० | Monday, February 26, 2024
माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्तिको फेला पर्‍यो शव

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिका-१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ। अर्का एक जनाको खोजीकार्य जारी छ।

माछा मार्न गएका ५ जनामध्ये पोखरा महानगरपालिका-१ कसेरी बस्ने ४० वर्षका मंगा तामाङ मृत अवस्थामा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्रका अनुसार ढुंगामा अड्किएको अवस्थामा उनको शव फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्दार टिमसहितको फौजले आइतबार राति पौने १ बजे शव निकालेको हो।

सोही ठाउँ बस्ने ४३ बर्षका रक्सेस तामाङ्गको गोताखोर र विपद् उद्दार टिमले खोजी कार्य जारी राखेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ। माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन्।

प्रकाशित: १४ फागुन २०८० ८:०० | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast