बारामा १० किलो गाँजा बोकेर हिँडेका युवक पक्राउ

हिमाल प्रेस १७ माघ २०८० २१:४६
16
SHARES
बारामा १० किलो गाँजा बोकेर हिँडेका युवक पक्राउ

बारा-  १० किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ। मकवानपुरको हेटौँडा नगरपालिका-३ वस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका–७ मा उनलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो।

प्रकाशित: १७ माघ २०८० २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =