चिसोमा किन फुट्छ ओठ? यसरी सावधानी अपनाउनुहोस्

हिमाल प्रेस १७ माघ २०८० ८:०६
12
SHARES
चिसोमा किन फुट्छ ओठ? यसरी सावधानी अपनाउनुहोस्

चिसो मौसम सुरु भएसँगै धेरै जनालाई ओठ फुट्ने समस्याले सताउने गर्छ । चिसोमा ओठ फुट्दा घाउ सानो देखिए पनि पीडा निकै हुने गर्छ ।

जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर ओठ फुट्न सक्ने चिकित्सकहरू बताउँछन्।

ओठ फुटेपछि पोल्ने, बोल्न नमिल्ने, खाना खान गाह्रो हुने र ओठबाट रगत समेत बग्न थाल्छ ।

यस कारण फुट्छ ओठ

– चिसो तथा सुख्खा मौसम

– हरियो सागसब्जी तथा फलफूल नखाँदा

– पानीको मात्रा कम भएर

– कम गुणस्तरको लिपबाम तथा लिपिस्टिक लगाउँदा

– बारम्बार जिब्रोले ओठ चलाउँदा

– जाँडरक्सी र चुरोट धेरै खाँदा

यस्तो समस्याबाट कसरी छुटकारा पाउने त ?

-सबै भन्दा पहिला ओठ फुट्ने समस्या भएका व्यक्तिले ओठलाई बारम्बार जिब्रोले चलाउनु हुँदैन, यसो गर्दा ओठको छाला सुख्खा भइ फुट्ने गर्छ ।

-बाहिर निस्किँदा चिल्लो पदार्थहरू जस्तै स् मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाउनु पर्छ यसो गरेमा ओठ फुट्ने सम्भावना कम हुन्छ ।

-यो मौसममा धेरै धुमपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ त्यसैले यस्ता पदार्थबाट टाढा रहनु पर्ने चिकित्सकहरू बताउँछन् ।

-ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ ।

-जाडोमा धेरैले पानी कम खाने गर्ने कारण पनि ओठ लगायत शरीरका छालाहरु फुट्ने गर्छन् त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

-बाहिर बजारमा पाइने विभिन्न प्रकारका लिपिस्टिक ओठमा लगाउनु हुँदैन ।

-यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।

एजेन्सीबाट

प्रकाशित: १७ माघ २०८० ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =