भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणको घोषणा

हिमाल प्रेस १५ माघ २०८० १८:२५
भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणको घोषणा

काठमाडौँ- भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणको घोषणा गरिएको छ।

यो संस्करण एआई, विश्वव्यापी मुद्रा आवागमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृति जस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित गरिएको छ।

कार्यक्रमको शुभारम्भमा भिजा नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्याबसुले विश्वव्यापी भुक्तानीका लागि गतिको अर्को लहर चलाउने लक्ष्य राखेको बताए।

एशिया–प्रशान्त क्षेत्रबाट छानिएका स्टार्टअपहरूको समूहले कार्यक्रममार्फत, भुक्तानी इकोसिस्टमको विकसित चुनौतीहरूलाई सम्बोधन गर्नेछन्। तिनीहरूले नयाँ समाधानहरूको सह–विकास, परीक्षण र पुनरावृत्ति पनि गर्नेछन्।

साथै भिजाको वित्तीय संस्थाहरू, व्यवसायीहरू र डिजिटल साझेदारहरूको व्यापक सञ्जाललाई मूर्त गो–टु–मार्केटको अवसरहरू पाउने बताइएको छ।

कार्यक्रमको यस संस्करणको लागि आवेदन जनवरी ८, २०२४ मा खोलिएको थियो। मार्च ८, २०२४ मा यो बन्द हुनेछ।

छानिएका स्टार्टअपहरू मे देखि नोभेम्बर २०२४ सम्म सञ्चालन हुने कार्यक्रम सहभागी हुन पाउनेछन्। पछि डेमो डेको साथ समाप्त हुनेछ।

प्रकाशित: १५ माघ २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =