सूर्यदर्शन सहकारीका अध्यक्षसहित तीन जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

हिमाल प्रेस १४ माघ २०८० १७:१७
14
SHARES
सूर्यदर्शन सहकारीका अध्यक्षसहित तीन जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौँ- अन्तराष्ट्रियआपराधिक प्रहरी संस्था इन्टरपोलले पोखरा महानगरपालिका-४ मा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। इन्टरपोललाई नेपाल प्रहरीले नोटिस जारी गर्न अनुरोध गरेको थियो।

सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई र जीबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो। जीबी राई ग्यालेक्सी टेलिभिजनका समेत सञ्चालक हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि ग्यालेक्सी टेलिभिजनमा उनका साझेदार रहेका थिए।

सूर्यदर्शन सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवं ठगी गरेको अभियोग छ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले सूर्यदर्शन सहकारीका फरार अभियुक्तहरुविरुद्ध इन्टरपोलले हालै नोटिस जारी गरेको जानकारी दिए।

कास्की प्रहरीले गएको साउन २२ गते सहकारी ठगीसम्बन्धी कसुरमा १९ जनाविरुद्ध मुद्दा दर्ता दायर गरेको थियो। तीमध्ये ४ जना पक्राउ परेका छन् भने बाँकी १५ जना फरार रहेका छन्। सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोग छ।

यही सहकारी ठगीमा राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिवसमेत रहेका व्यवसायी शिवबहादुर गुरुङ (महेन्द्र भोटे) पुर्पक्षका लागि थुनामा छन्। गत मंसिर १८ गते जिल्ला अदालत कास्कीले सूर्यदर्शनका सञ्चालक भविश्वर अर्याल र गुरुङलाई थुनामा पठाउन आदेश दिएको थियो।

प्रकाशित: १४ माघ २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =