काठमाडौँमा मनाइयो भारतको ७५औँ गणतन्त्र दिवस

हिमाल प्रेस १२ माघ २०८० १४:०७
10
SHARES
काठमाडौँमा मनाइयो भारतको ७५औँ गणतन्त्र दिवस भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित समारोहमा 'भूपू २०२४ पत्रिका' लोकार्पण गर्दै राजदूत नवीन श्रीवास्तव। (दायाँ)। तस्बिर स्रोत : भारतीय दूतावास

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासमा शुक्रबार भारतको ७५औँ गणतन्त्र दिवस मनाइएको छ। राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रम शुभारम्भ भएको थियो। सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई शुभकामना व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपतिले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवसयता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी-२० शिखर सम्मेलन र चन्द्रयान-३ मिसनबारे चर्चा गरेको दूतावासले जनाएको छ।

राजदूत श्रीवास्तवले मृतक सैनिकका पत्नी र निकटतम नातेदारलाई ५.०७ करोड नेपाली रुपैयाँ तथा कम्बल वितरण गरी सम्मान गरेका थिए। सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू २०२४ पत्रिकाको लोकार्पण गरिएको थियो।

राजदूत श्रीवास्तवले विभिन्न संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदान गरेका थिए। दूतावासले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा ३० वटा संस्थालाई १९ लाख
रुपैयाँ बराबरको पुस्तक उपहारस्वरुप वितरण गर्दैछ। कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रकाशित: १२ माघ २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =