यस्तो छ ‘गोर्खा वारियर’ को ट्रेलर

हिमाल प्रेस १२ माघ २०८० ११:०७
8
SHARES
यस्तो छ ‘गोर्खा वारियर’ को ट्रेलर

काठमाडौँ– फिल्म ‘गोर्खा वारियर’ को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 ट्रेलरमा मलायाको जंगलमा आतंकवादीसँग गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ।

फागुन ११ गते प्रदर्शन हुने फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्म गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ।

फिल्ममा विजय लामा, शिशिर वाङ्देल, रितेश चाम्स, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, बिरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायत कलाकारको अभिनय छ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्म सुदीप बरालले छायांकन गरेका छन्।

हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादनमा बनेको फिल्मका निर्माता सुमन राई र सुस्मिता वाइबा हुन्। फिल्मका कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन्। भने सह–निर्माता सुरेश राई हुन्।

फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण भएको छ। गत भदौमा लण्डनस्थित ‘आइम्याक्स सिनेवल्ड’मा प्रिमियर गरिएको थियो।

‘गोर्खा वारियर’ सन् २०२४ को ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा फिल्म)मा प्रवेश पाउने पहिलो नेपाली फिल्म हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =