आपसी एकीकरणको नयाँ अध्याय मिलेर लेखौँ

छन् सोङ १० माघ २०८० २१:०५
44
SHARES
आपसी एकीकरणको नयाँ अध्याय मिलेर लेखौँ

आन्-होईको नेपाल कला तथा साहित्यिक गालामा प्रवेश शीर्षकीय कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। आफ्नो अमूल्य समय दिएर सो कार्यक्रममा उपस्थित हुनुभएकोमा प्रतिनिधिसभाका सम्माननीय सभामुख श्री देवराज घिमिरेज्यूलाई विशेष धन्यवाद पनि टक्राउन चाहन्छु। सम्माननीय श्री घिमिरेज्यू चिनियाँ जनताका असल मित्र हुनुहुन्छ र लामो समयदेखि नेपाल-चीन मित्रता र विभिन्न क्षेत्रमा पारस्परिक लाभकारी सहयोगको लागि प्रतिबद्ध हुनुहुन्छ।

आज यस कार्यक्रमको सु-अवसरमा म तपाईँप्रति उच्च सम्मान र हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। जेड खरायोले गीत गाउँदै पुरानो वर्षलाई बिदाइ गरिरहेको छ र र सुनौलो ड्रागनले कम्मर मट्काउँदै नयाँ वर्षलाई स्वागत गरिरहेको छ। पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्ने आजको यो दिनमा, नेपालस्थित चिनियाँ राजदूतावासका मेरा सबै सहकर्मीहरूको तर्फबाट, म नेपाल-चीन सम्बन्धको द्रुत र तीव्र विकासको कामना गर्न चाहन्छु र हाम्रा सम्पूर्ण साथीहरूलाई सबै कुरामा “ड्रागन” जस्तै शुभ होस् भन्ने मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु!

प्यारा मित्रहरू,
नेपाल र चीन पहाड र नदीले जोडिएका र पुस्तौँपुस्तादेखि मित्रवत् सम्बन्ध कायम हुँदै आएका राष्ट्र हुन्। कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ वर्षको यो अवधिमा दुई देशले आ-आफ्ना कार्यबाट ठूला र साना मुलुकबीच समान व्यवहार र
द्विपक्षीय जितमूलक सहकार्यको उदाहरण प्रस्तुत गरेका छन्। विगत एक वर्षमा दुई देशबीचको राजनीति, अर्थतन्त्र, व्यापार, जनमानस र सांस्कृतिक क्षेत्रमा आदान-प्रदान र सहयोगको गहिराइपूर्वक विकास भएको छ र नेपाल-चीन मित्रताका खिल्खिलाउँदा फूलहरू उत्तरी र दक्षिणी दुवै तर्फका हिमाली काखमा फुलेका छन्। गत वर्षको सेप्टेम्बरमा नेपालका सम्माननीय प्रधानमन्त्री श्री प्रचण्डज्यूले हाङ्-चौ एसियाली खेलकुदमा सहभागी हुनुका साथै चीनको औपचारिक भ्रमण पनि गर्नुभएको थियो। भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र अध्यक्ष चाओ लचिसँग भेट गरी नेपाल-चीन परम्परागत मित्रतालाई प्रगाढ बनाउने र पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने विषयमा व्यापक सहमति व्यक्त गर्दै दुई देशबीच सहयोगको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा प्रवर्द्धन गर्नुभएको छ।

प्यारा मित्रहरू,
अहिले विश्वमा तीव्र गतिमा ठुल्ठुला परिवर्तनहरू भइरहेका छन्। विश्व, र इतिहासमा भएका परिवर्तनहरू अभूतपूर्व रूपमा प्रकट भइरहेका छन् र विश्व उथलपुथल र परिवर्तनको नयाँ युगमा प्रवेश गरिरहेको छ। गत सालको डिसेम्बरमा राष्ट्रपति सी चिनफिङले केन्द्रीय विदेश मामिला कार्य सम्मेलनमा पुनः एकपटक चीन मानव जातिको साझा भविष्यले भरिपूर्ण सुन्दर समुदायको निर्माणलाई प्रवर्द्धन गर्न अन्य देशहरूसँग मिलेर काम गर्न इच्छुक अनि तयार भएको कुरालाई जोड दिनुभएको छ। यो भनेको हामीले कस्तो विश्वको निर्माण गर्ने र त्यस विश्वलाई कसरी बनाउने भन्ने चीनको योजना हो जुन सबै देशका जनताको साझा आकांक्षासँग मेल खान्छ र विश्व सभ्यताको प्रगतिको दिशालाई स्पष्टसँग औंल्याउँछ। चीनले जहिले पनि आफ्नो विकास, विश्वको हित र विश्वको फाइदामा जोड दिँदै आएको छ, र चिनियाँ जनतालाई मात्र राम्रो जीवन जिउने अवसरको सिर्जना नगरी नेपाललगायत अन्य देशका मानिसहरूलाई पनि राम्रो जीवन बिताउन मद्दत गरेको छ। मानवजातिको लागि नयाँ र ठूलो योगदान दिन हरदम प्रयत्नशील पनि छ।

प्यारा साथीहरू,
फेरि नयाँ वर्षको सुरुवात भएको छ र सबै कुराको नवीकरण पनि हुनेछ। यो नयाँ वर्षमा दुई देशका नेताहरूले बनाउनु भएको महान् खाकालाई संयुक्त रूपमा कार्यान्वयन गरौं र दुई राष्ट्रबीचको आपसी समझदारी, आपसी सहकार्य र आपसी एकीकरणको नयाँ अध्याय लेख्न मिलेर काम गरौं जसले दुई देश र त्यहाँका जनतालाई समृद्धि प्रदान गर्न टेवा पुग्नेछ। अन्तमा, हाम्रो महान मातृभूमिको समृद्धि र नेपालको शान्ति र समृद्धिको कामना गर्दै बिदा हुन चाहन्छु ! धन्यवाद !

(चिनियाँ दूतावासले चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौँमा गरेको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत सोङले गरेको सम्बोधन)

प्रकाशित: १० माघ २०८० २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =