ढाका म्याराथनमा पदक जित्नेलाई नेपालगन्ज म्याराथनको प्रोत्साहन कार्यक्रम

हिमाल प्रेस १० माघ २०८० १३:३७
14
SHARES
ढाका म्याराथनमा पदक जित्नेलाई नेपालगन्ज म्याराथनको प्रोत्साहन कार्यक्रम तस्बिर : क्रियटिभ ह्यान्डस्

नेपालगन्ज- नेपाली म्याराथन धावकको हौसला बढाइरहन नेपालगन्ज म्याराथनले प्रोत्साहन कार्यक्रम गर्ने भएको छ। गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको हो।

यसै बमोजिम बंगलादेशको राजधानी ढाकामा यहीमाघ १२ गते शुक्रबार हुन लागेको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा पदकजित्ने खेलाडीलाई नेपालगन्ज म्याराथनले नगद पुरस्कारले प्रोत्साहन गर्ने भएको छ।

ढाका म्याराथनमा स्वर्ण पदक जित्नेलाई २५ हजार नगद, रजत जित्नेलाई १५ हजार र कास्य जित्नेलाई १० हजार नगदले प्रोत्साहन गर्ने नेपालगन्ज म्याराथन बोर्डले निर्णय गरेको अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।

‘नेपालगन्ज म्याराथनमा पदक जितेर विदेशी भूमिमा हुने मान्यता प्राप्त म्याराथनमा पदक जित्ने खेलाडीलाई थप हौसला बढाउन यस बर्षदेखि सानो पुरस्कार दिँदै अघि बढ्न खोजेका छौं,’ अध्यक्ष ठकुरीले भने,‘यसले पक्कै खेलाडीलाई अभिप्रेरित गर्नेछ भन्ने अपेक्षा लिएका छौं।’

अध्यक्ष ठकुरीले नवौं धारा नेपालगन्ज म्याराथनमा पदक जितेका अधिकांश खेलाडी नै ढाका म्याराथनमा अवसर पाएकोमा खुसी व्यक्त गरे। नवौं धारा नेपालगन्ज म्याराथनमा पुरुषतर्फ गोपीचन्द्र पार्की, खडकबहादुर खड्का, किरणसिंह बोगटी र सन्तोष विक्रम बिष्टले क्रमशःशीर्ष चार स्थान हासिल गरेका थिए।

त्यसैगरी महिला हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ, फुलमती राना, पुष्पा भण्डारी र विन्द्राधान्के श्रेष्ठले शीर्ष चारभित्र स्थान सुरक्षित गरेका थिए।

गोपी भने ढाका म्याराथनमा सहभागिता जनाउन नसक्ने भएका छन्। बुवाको असामयिक निधनका कारण उनी काजरियामा छन्। गोपीलाई लन्डन म्याराथन पठाउने तयारीमा नेपालगन्ज म्याराथन आयोजक लागिपरेको छ।

प्रकाशित: १० माघ २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast