सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी हुने

हिमाल प्रेस ७ माघ २०८० २१:११
6
SHARES
सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी हुने

काठमाडौँ- नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जंगी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्ने भएको छ।

प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरणको प्रदर्शनी गरिने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।

प्रदर्शनीबाट सैनिकसम्बन्धी पोसाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, ज‌ंगल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ।

सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतका गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनी हुने जानकारी दिइएको छ।

आमनागरिकलाई नेपाली सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए।

प्रदर्शनी अवलोकनकर्तालाई माघ ९ गते दिउँसो २ देखि ५ बजेसम्म तथा माघ १० गतेदेखि १३ गतेसम्म १० बजेदेखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ।

प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ।

प्रकाशित: ७ माघ २०८० २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =