प्रदेश अस्पतालमा ५१ वटा स्पाइनल सल्यक्रिया

हिमाल प्रेस ७ माघ २०८० १५:३०
52
SHARES
प्रदेश अस्पतालमा ५१ वटा स्पाइनल सल्यक्रिया

सुर्खेत- प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पाइनल इन्जुरी (मेरुदण्डको सल्यक्रिया)को सफल सल्यक्रिया गरिएको छ। अस्पतालमा हालसम्म ५१ वटा स्पाइनल इन्जुरीको सफल सल्यक्रिया गरेको प्रदेश अस्पताल सुर्खेतका अर्थाेपेडिक विभागका प्रमुख डाक्टर शुभ श्रेष्ठले जानकारी दिए।

‘स्पाइनल इन्जुरीको सल्यक्रिया जटिल प्रकृतिको उपचार सेवा मध्येको एक हो,’ डाक्टर श्रेष्ठले भने, ‘प्रदेश अस्पतालमा पनि हामीले उपचार सेवा दिँदै आएका छौँ।’ तीन वर्षदेखि अस्पतालमा स्पाइनल इन्जुरीको सल्यक्रिया हुँदै आएको छ।

सुर्खेतमै स्पाइनल इन्जुरीको सल्यक्रिया सुरु गरेपछि ढाड भाँचिएका कर्णालीका विरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको डाक्टर श्रेष्ठको भनाइ छ। महंगो र जटिल प्रकृतिको समस्या भएकै कारण ढाँडको सल्यक्रिया गर्ने विरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको छ। २०७९ असारदेखि सञ्चालनमा आएको यही कोषबाट स्पाइनल इन्जुरीको सल्यक्रिया गरेका विरामीलाई एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन्।

आर्थिक अभावमा कुनै पनि विरामी उपचारबाट बन्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गर्दै आएको छ। पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवाहरु सञ्चालन हुँदै आएका छन्। हाल कार्यरत टिममा डा. शुभ श्रेष्ठ, डा. पदम गिरी, डा. रविन केसी, डा. तेजेन्द्र साउद, डा. किशोर कुमार विष्ट, डा. हिक्मत भण्डारीसहित ६ जना रहेका छन्।

प्रकाशित: ७ माघ २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 8 =