प्रधानमन्त्री प्रचण्ड ‘नाम’ को शिखर सम्मेलनमा सहभागी

हिमाल प्रेस ५ माघ २०८० १५:०८
8
SHARES
प्रधानमन्त्री प्रचण्ड ‘नाम’ को शिखर सम्मेलनमा सहभागी युगान्डाको राजधानी काम्पालामा जारी असंलग्न राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा सहभागी हुँदै। तस्बिर सौजन्य : परराष्ट्र मन्त्रालय
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ  शिखर सम्मेलनमा सहभागी भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्डले सम्मेलनमा भाग लिएका हुन्। प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा भाग लिन  युगान्डाको राजधानी कम्पाला पुगेका छन्।
प्रधानमन्त्री  प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ।  नामको १९औँ शिखर सम्मेलन गणतन्त्र युगान्डाको राजधानी कम्पालामा भइरहेको छ।  यसैगरी उनले गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो। यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्। नेपाली टोली आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित: ५ माघ २०८० १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =