सहिद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल

हिमाल प्रेस ३ माघ २०८० १६:५९
18
SHARES
सहिद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल

काठमाडौँ-  सरकारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

डा.चन्द्रमणि अधिकारीको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकिएपछि गत पुस ११ गते उनलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए। उनै मल्ललाई अब सरकारले कार्यकारी निर्देशक बनेका छन्।

गंगालालमा कार्यरत चिकित्सक डा. रामेश कोइरालाले पनि यस पदमा इच्छुक थिए। मल्ल कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणानिकट व्यक्ति हुन्। त्यस्तै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रकाशित: ३ माघ २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =