शाकाहारी खानाले बढाउँछ मस्तिष्क

हिमाल प्रेस २ माघ २०८० ८:१७
10
SHARES
शाकाहारी खानाले बढाउँछ मस्तिष्क फाइल तस्बिर

काठमाडौँ- शाकाहारी खानेकुराले शरीरलाई बलियो बनाउनुका साथै मानसिक स्वास्थ्यलाई समेत हित गर्ने विभिन्न अध्ययनको निश्कर्ष रहेको छ।

विकासोन्मुख मुलुकहरुमा हाल मुख्यतया मुटुको तथा मानसिक स्वास्थ्यको समस्या रहेको अवस्था छ।

खानेकुराले मानसिक तथा मुटु स्वास्थ्य दुवैलाई प्रभाव पारेको देखिन्छ। त्यस्तै शांकाहारी खानाले मोटोपना घटाउनुका साथै मानिसमा रहेको कार्य क्षमता समेत बढाउने गर्छ।

डायबाटिज, उच्च रक्तचाप, मोटोपना,मस्तिष्कघात,क्यान्सरजस्ता रोगको रोकथाममा शाकाहारी खाना उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएको छ।

शाकाहारी खानेकुराले शरीरलाई कसरी सहयोग गरिरहेको हुन्छ ?

ताजा सागसब्जी, फलफूल तथा हरियो सागसब्जीमा एन्टिअक्सिडेटको मात्रा बढी रहेको हुन्छ। जुन मांशाहारी खानेकुराबाट पाउन सकिदैंन।

यो मुटु रोग क्यान्सर जस्ता रोग उत्पादन गर्ने रासायनिक तत्वहरुलाई एन्टिअक्सिडेटले नष्ट गर्ने काम गर्छ। शाकाहारी खानेकुरामा फाइटोकेमिकल्सको मात्रा धेरै रहेको हुन्छ। यसले पनि विभिन्न प्रकारका प्राणघातक रोगहरुको जोखिमलाई घटाउने गर्छ।

शाकाहारी खानेकुरामा बढी मात्रामा पाइने फाइबरले कोलेस्ट्रोरेलको शोषणको मात्रामा घटाउने गर्छ। जसले आन्द्रा सम्बन्धि धेरै रोगहरुलाई फाइदा हुने गर्छ।

मुटु तथा क्यान्सर रोगको जोखिम कम

 भिटामिन सी, भिटामिन ई लगातयका तत्वहरुले क्यान्सर मुटु रोग तथा अन्य प्रकारका दीर्घ रोगहरुबाट बचाउन सहयोगी भूमिका खेल्ने गर्छ।

मांशाहारी खानेकुराको तुलनामा शाकाहारी खानेकुरामा स्याच्यूरेटड फ्याक्ट कम हुने भएकोले यसले रगतमा खराब प्रकारको कोलेस्ट्रोरेलको मात्रा कमी हुने गर्छ।

फलफूल तथा सागसब्जीको बढी प्रयोगले शरीरमा खराब कोलेस्ट्रोरेलको मात्रा बढ्न पाउँदैंन। माशांहारी खानामा शाकाहारी खानामा भन्दा सोडियमको मात्रा बढी हुने गर्छ।

शाकाहारी खाना खाने व्यक्तिमा आँखासम्बन्धी समस्या कम हुने गर्छ।

तौल घटाउन उपयोगी

माशांहारी खानेकुरामा क्यालोरी बढी हुने भएकोले शाकांहारी खानाले तौल घटाउन सहयोगी भूमिका खेल्न सक्छ।

श्वाप्रश्वासको समस्यामा कमी

शाकाहारी खानेकुराको सेवन गर्ने मानिसहरुमा श्वास प्रश्वासको समस्या कम मात्रामा आउने गर्छ।

शाकाहारी खानाको सेवन गर्ने मानिसहरुमा माशांहारी खाना खानेहरुमा भन्दा सास गन्ह्याउने समस्या कम हुने अध्ययनले देखाएको छ।

फुड एलर्जीमा कमी

माशांहारी खाने खाने मानिसहरुलाई भन्दा शाकाहारी खानेहरुलाई फुड एलर्जी कम हुने अध्ययनले देखाएको छ।

प्रकाशित: २ माघ २०८० ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =